

१० चैत, २०७९ | 24 Mar, 2023
काठमाडौं । गृहमन्त्री फुस्किएपछि वेहाल बनेको राष्टिय स्वतन्त्र पार्टी अझै पनि फेरी गृह पाउछुकी भन्दै सरकारलाई घुरक्याउन छोडेको छैन ।
तात्कालीन आक्रमक टेलिभिजन कार्यक्रम प्रस्तोता तथा हालका रास्वपाका पार्टी सभापति रवि लामिछानेले कहिले आफु अभिमन्यू नभएको त कहिले २ दिने अल्टिमेटम दिदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल टसको मस नभएपछि हिजो अल्टिमेटमको अन्तिम प्रहरमा हिजो राखिएको सो पार्टीको बैठकपनि वाहाना वाजी बनाउदै आजसम्मका लागि लम्व्याइएको छ ।
तैपनि गृह पाइहालिन्छकी भन्ने आशामा रास्वपाले घुरक्याउने र सरकारवाट फिर्ता हुने वा नहुने भन्ने निर्णय गर्न ढिलाई गर्दै आएको छ ।
सो पार्टीका एक नेताले अर्थ बुलेटिनलाई बताएअनुसार अन्तिम अवस्थामा सरकारका सबै सर्त मानी पार्टी निरन्तर सरकारमा वसिरहने पक्षमा छ ।
यसैविच, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो ।
प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिनेछ।