

८ बैशाख, २०७८ | 21 Apr, 2021
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार पीसीआर विधिबाट ५ हजार ५३६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ४८८ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७० हजार ६८३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । बिहीबारसम्मको विवरणअनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७९५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ७९ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ७९५ जना आइसोलेसन र ५७ जना क्वारेन्टिनमा छन् ।