ADBL 294.00 ( 14076 ) ( -20.15 )    AHPC 97.00 ( 3268 ) ( 0 )    AKJCL 80.00 ( 510 ) ( -5 )    AKPL 152.00 ( 1001 ) ( -3 )    ALICL 545.00 ( 10304 ) ( -7 )    AMFI 657.00 ( 130 ) ( -15 )    API 126.00 ( 7443 ) ( 2 )    BARUN 91.00 ( 350 ) ( -2 )    BHBL 145.00 ( 5983 ) ( 8 )    BOKL 237.00 ( 12436 ) ( -2 )    BPCL 336.00 ( 2672 ) ( -2 )    CBBL 868.00 ( 3544 ) ( 3 )    CBL 147.00 ( 27107 ) ( -2 )    CCBL 159.00 ( 18199 ) ( 1 )    CFCL 109.00 ( 3600 ) ( 1 )    CHCL 500.00 ( 8476 ) ( 0 )    CHL 102.00 ( 111 ) ( 0 )    CHLBS 570.00 ( 3260 ) ( -14 )    CIT 2,521.00 ( 707 ) ( -19 )    CLBSL 616.00 ( 91 ) ( -12 )    CMF1 8.70 ( 100 ) ( -0.12 )    CORBL 90.00 ( 130 ) ( 0 )    CZBIL 201.00 ( 10958 ) ( -1 )    DBBL 121.00 ( 10454 ) ( -3 )    DDBL 572.00 ( 691 ) ( -3 )    DHPL 87.00 ( 30 ) ( -1 )    EBL 510.00 ( 8267 ) ( 3 )    EDBL 275.00 ( 570 ) ( -10 )    EIC 802.00 ( 130 ) ( 17 )    FMDBL 358.00 ( 1210 ) ( -2 )    FOWAD 1,517.00 ( 317 ) ( -9 )    GBBL 182.00 ( 5201 ) ( 2 )    GBIME 258.00 ( 9983 ) ( -2 )    GBLBS 437.00 ( 3308 ) ( -5 )    GDBL 177.00 ( 3984 ) ( 0 )    GFCL 111.00 ( 1350 ) ( 0 )    GHL 241.00 ( 30 ) ( -12 )    GILB 1,070.00 ( 105 ) ( 0 )    GIMES1 7.40 ( 6000 ) ( 0 )    GLICL 680.00 ( 2414 ) ( -10 )    GRDBL 102.00 ( 545 ) ( 0 )    GUFL 104.00 ( 2688 ) ( 1 )    HATH 107.00 ( 80 ) ( -2 )    HBL 425.00 ( 3796 ) ( -7 )    HDL 1,306.00 ( 10 ) ( -15 )    HGI 372.00 ( 1397 ) ( -6 )    HIDCL 130.00 ( 5610 ) ( -3 )    HPPL 170.00 ( 1160 ) ( 0 )    ICFC 145.00 ( 3594 ) ( -1 )    IGI 393.00 ( 500 ) ( -7 )    JBBL 134.00 ( 4395 ) ( 0 )    JBNL 164.00 ( 25899 ) ( 1 )    JBNLPO 100.00 ( 20000 ) ( -1 )    JEFL 129.00 ( 250 ) ( -4 )    JFL 160.00 ( 1244 ) ( -2 )    JOSHI 168.00 ( 10 ) ( -8 )    JSLBB 2,374.00 ( 442 ) ( 51 )    KADBL 141.00 ( 50 ) ( -2 )    KBBL 206.00 ( 622 ) ( -1 )    KBL 229.00 ( 9533 ) ( -2 )    KKHC 72.00 ( 304 ) ( -1 )    KMCDB 825.00 ( 160 ) ( -15 )    KMFL 865.00 ( 95 ) ( -15 )    KNBL 116.00 ( 575 ) ( 2 )    KPCL 90.00 ( 930 ) ( 0 )    KRBL 91.00 ( 884 ) ( 1 )    KSBBL 132.00 ( 1449 ) ( 0 )    LBBL 171.00 ( 6493 ) ( 2 )    LBL 184.00 ( 8627 ) ( -2 )    LEMF 7.01 ( 500 ) ( -0.14 )    LGIL 500.00 ( 3282 ) ( -2 )    LICN 1,604.00 ( 3295 ) ( 0 )    LLBS 753.00 ( 70 ) ( 0 )    MBL 209.00 ( 6339 ) ( 3 )    MDB 226.00 ( 1140 ) ( -6 )    MEGA 157.00 ( 19502 ) ( -1 )    MERO 579.00 ( 964 ) ( -8 )    MFIL 111.00 ( 4963 ) ( 0 )    MIDBL 144.00 ( 1038 ) ( 1 )    MLBBL 609.00 ( 27 ) ( 10 )    MLBL 156.00 ( 1732 ) ( -1 )    MMFDB 908.00 ( 30 ) ( -8 )    MNBBL 338.00 ( 6316 ) ( 2 )    MSLB 1,327.00 ( 45 ) ( -25 )    MSMBS 526.00 ( 583 ) ( -9 )    NABIL 682.00 ( 8715 ) ( -5 )    NABILP 648.00 ( 3681 ) ( 0 )    NADEP 666.00 ( 404 ) ( -19 )    NBB 184.00 ( 13048 ) ( 0 )    NBBL 631.00 ( 501 ) ( 2 )    NBL 283.00 ( 37310 ) ( -2 )    NCCB 205.00 ( 14947 ) ( 0 )    NCCBPO 130.00 ( 3202 ) ( 0 )    NCDB 116.00 ( 608 ) ( 1 )    NEF 7.76 ( 21963 ) ( -0.14 )    NGPL 120.00 ( 77 ) ( 2 )    NHDL 122.00 ( 140 ) ( 0 )    NHPC 62.00 ( 3120 ) ( 1 )    NIB 500.00 ( 7928 ) ( -3 )    NIBLPF 7.40 ( 4168 ) ( 0.1 )    NIBPO 468.00 ( 6500 ) ( 4 )    NICA 378.00 ( 13490 ) ( 0 )    NICGF 8.77 ( 950 ) ( 0.17 )    NICL 365.00 ( 3100 ) ( -9 )    NIL 508.00 ( 4112 ) ( -5 )    NLG 781.00 ( 954 ) ( -14 )    NLIC 1,050.00 ( 25277 ) ( 35 )    NLICL 615.00 ( 3578 ) ( -10 )    NMB 307.00 ( 31553 ) ( 4 )    NMBHF1 8.69 ( 21167 ) ( -0.16 )    NMBMF 1,008.00 ( 270 ) ( -8 )    NMBSF1 9.81 ( 21400 ) ( -0.09 )    NMFBS 1,600.00 ( 252 ) ( 0 )    NNLB 464.00 ( 411 ) ( 0 )    NSEWA 530.00 ( 170 ) ( -20 )    NTC 685.00 ( 926 ) ( 1 )    NUBL 701.00 ( 326 ) ( 8 )    OHL 415.00 ( 961 ) ( -3 )    PCBL 305.00 ( 15552 ) ( -1 )    PFL 129.00 ( 195 ) ( 2 )    PIC 1,003.00 ( 1134 ) ( 9 )    PICL 678.00 ( 20 ) ( 13 )    PLIC 431.00 ( 7685 ) ( -6 )    PMHPL 108.00 ( 1150 ) ( 1 )    PRIN 403.00 ( 3306 ) ( -5 )    PRVU 211.00 ( 46915 ) ( -3 )    PURBL 160.00 ( 904 ) ( 0 )    RADHI 157.00 ( 253 ) ( -1 )    RBCL 9,030.00 ( 30 ) ( -70 )    RBCLPO 8,507.00 ( 140 ) ( -48 )    RHPC 85.00 ( 1114 ) ( 0 )    RLFL 111.00 ( 4457 ) ( -1 )    RMDC 519.00 ( 712 ) ( -2 )    RRHP 89.00 ( 100 ) ( 0 )    RSDC 370.00 ( 923 ) ( 2 )    SADBL 135.00 ( 1092 ) ( 0 )    SAEF 8.70 ( 2510 ) ( 0 )    SANIMA 291.00 ( 13764 ) ( 0 )    SBBLJ 180.00 ( 5220 ) ( -8 )    SBI 370.00 ( 4208 ) ( -5 )    SBL 274.00 ( 10147 ) ( -3 )    SCB 525.00 ( 5559 ) ( -5 )    SDESI 583.00 ( 725 ) ( -12 )    SEF 9.30 ( 20900 ) ( 0.17 )    SEOS 9.50 ( 7000 ) ( -0.18 )    SFFIL 207.00 ( 25 ) ( 0 )    SHINE 239.00 ( 1205 ) ( -4 )    SHL 201.00 ( 4055 ) ( 1 )    SHPC 221.00 ( 3290 ) ( 6 )    SIC 1,257.00 ( 250 ) ( -22 )    SICL 865.00 ( 3260 ) ( 4 )    SIFC 134.00 ( 779 ) ( 2 )    SIL 598.00 ( 1917 ) ( 7 )    SINDU 126.00 ( 1648 ) ( -12 )    SKBBL 825.00 ( 2830 ) ( -8 )    SLBBL 488.00 ( 697 ) ( -12 )    SLBS 901.00 ( 30 ) ( -21 )    SLBSL 771.00 ( 520 ) ( -4 )    SLICL 513.00 ( 1360 ) ( 0 )    SMATA 1,305.00 ( 1403 ) ( -11 )    SMB 590.00 ( 0 ) ( 0 )    SMFDB 637.00 ( 40 ) ( -13 )    SPDL 87.00 ( 1293 ) ( -1 )    SRBL 206.00 ( 9145 ) ( 0 )    SWBBL 775.00 ( 444 ) ( -5 )    TNBL 157.00 ( 205 ) ( 1 )    TRH 243.00 ( 450 ) ( 2 )    UIC 766.00 ( 2445 ) ( 4 )    UMB 1,230.00 ( 10 ) ( -10 )    UMHL 106.00 ( 816 ) ( -2 )    UNL 19,110.00 ( 10 ) ( -390 )    UPPER 222.00 ( 40964 ) ( -2 )    VLBS 668.00 ( 149 ) ( -1 )    WOMI 1,096.00 ( 185 ) ( -22 )   

माथिल्लो तामाकोशीको काम युद्धस्तरमा, निर्माण सामग्रीको समस्या

 अर्थ बुलेटिन   ७ बैशाख, २०७७



काठमाडौँ। सरकारले कोरोनाको कहर रोक्नका लागि लकडाउन गरेको छ । नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ । लकडाउनमा पनि काम भइरहेको छ ? हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ । 

लकडाउनमा धेरैजसो पूर्वाधारको काम रोकिएका छन् । सोही कारण सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटसमेत खर्च हुनसकेको छैन । माथिल्लो तामाकोशी यस्तो आयोजना हो, जहाँ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर लकडाउनमा समेत काम भइरहेको छ । जुन अन्य आयोजनाका लागि समेत अनुकरण गर्नलायक छ ।  

काम भइरहँदा आयोजनाका पदाधिकारीलाई अन्य कुराले भन्दा पनि निर्माण सामग्रीको ढुवानी रोकिदा भने समस्या आइलाग्छ कि भन्ने चिन्ताले सताएको छ । आगामी २०–२५ दिनलाई पुग्ने निर्माण सामग्री भए पनि लकडाउन लम्बिँदै जाँदा समस्या पर्ला कि भन्ने चिन्ता भने उत्तिकै छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सहजीकरण गरिरहेको छ । अत्यावश्यक पास तथा अन्य सुविधासमेत उपलब्ध गराएको छ । आयोजनाको महत्व र गाम्र्भीयतालाई बुझेर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गरे पनि नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका निर्माण उपकरण ल्याउन निर्माण व्यवसायीलाई सहजीकरण गरिदिनुपर्ने माग आयोजनाले गरेको छ । 

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार लकडाउनको समयमा समेत झण्डै ६५० मजदुर आयोजनास्थलमा कार्यरत छन् । उनीहरुलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । उहाँका अनुसार आयोजनाको सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत गतिमा अगाडि बढिरहेको छ । कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी १७५ मिटरमात्रै बाँकी रहेको छ ।    
    
कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये शनिबारसम्म ३०८ मिटर खण्डमा पाइप जडान कार्य भइसकेको छ । अब मात्रै ६५ मिटर बाँकी छ । सो काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले काम गरिरहेको छ । यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरिरहेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये शनिबारसम्म कूल २०० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै ११० मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएको छ । त्यसले पनि अब कामले झनै तीव्रता पाउने देखिएको छ ।    
    
आयोजनामा निर्माण सामग्रीको ढुवानीको समस्यामा देखिएको छ भने इन्धन नभएकाले केही जटिलता पैदा हुन्छ कि भन्ने सन्त्रास पैदा भएको छ । बाँधको सिभिलको काम पूरा भएको छ । हाइड्रोमेकानिकल गेट भने राख्न बाँकी छ । आयोजनालाई अत्यावश्यक रहेको अक्सिजन ग्यास, केही केमिकल भने तत्काल जरुरी देखिएको छ । आयोजनामा भारतीय सिमेन्टको प्रयोग भएकाले पनि आयात गर्न समस्या पैदा भएको छ । यस्तै रड बोकेका सवारीसमेत आउन पाएका छैनन् । हाइड्रोमेकानिकलका केही उपकरण नेपाल–भारत सीमा आइपुगेका छन् । ती आयोजनास्थल पु¥याउन समस्या देखिएको छ ।    
    
सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको जनाए पनि आयोजनाले निर्माण सामग्री आयातमा सहजीकरण गरिदिन गरेको आग्रह हालसम्म पूरा भएको छैन ।    
    
आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्यरूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिनेबित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको काम चालू हालतमा छ ।    
    
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ । सो कामसमेत अब शुरु गर्ने तयारी गरिएको छ ।    
    
निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउनेजस्तो विकृति देखिएपछि सीमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ । निर्माण सामग्रीलगायत आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई व्यवहारिकरूपमा हल गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाइ छ । मन्त्रालयले नै पहल गरेर उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय भएको मन्त्री पुनले केही दिनअघि रासससँगको अन्तर्वार्तामा समेत उल्लेख गर्नुभएको थियो ।    
    
“ठूला आयोजनामा काम गर्ने भन्ने छ । विद्युत्का आयोजना मात्रै नभई अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको मन्त्री पुनले जानकारी दिनुभएको छ । विशेषगरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल युनिट रहनैपर्ने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिनुभएको छ ।    
    
राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीलगायत आयोजना सञ्चालन भइरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीको लागि गृह मन्त्रालयले आवश्यक समन्वय गरेको छ । मन्त्री पुनले गृह मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा निजी क्षेत्रका आयोजनालाई समेत काम गर्न मार्गप्रशस्त गरिएको बताउनुभयो । त्यसो त गृहमन्त्री रामबहादुर थापाले रासससँगको कुराकानीका क्रममा समेत ठूला आयोजनाको सहज सञ्चालनका लागि आफूहरुले विशेष व्यवस्था गरिदिने बताउनुभएको थियो ।    
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2020 - अर्थ बुलेटिन | Developed by Smart Innovation