ADBL 294.00 ( 14076 ) ( -20.15 )    AHPC 97.00 ( 3268 ) ( 0 )    AKJCL 80.00 ( 510 ) ( -5 )    AKPL 152.00 ( 1001 ) ( -3 )    ALICL 545.00 ( 10304 ) ( -7 )    AMFI 657.00 ( 130 ) ( -15 )    API 126.00 ( 7443 ) ( 2 )    BARUN 91.00 ( 350 ) ( -2 )    BHBL 145.00 ( 5983 ) ( 8 )    BOKL 237.00 ( 12436 ) ( -2 )    BPCL 336.00 ( 2672 ) ( -2 )    CBBL 868.00 ( 3544 ) ( 3 )    CBL 147.00 ( 27107 ) ( -2 )    CCBL 159.00 ( 18199 ) ( 1 )    CFCL 109.00 ( 3600 ) ( 1 )    CHCL 500.00 ( 8476 ) ( 0 )    CHL 102.00 ( 111 ) ( 0 )    CHLBS 570.00 ( 3260 ) ( -14 )    CIT 2,521.00 ( 707 ) ( -19 )    CLBSL 616.00 ( 91 ) ( -12 )    CMF1 8.70 ( 100 ) ( -0.12 )    CORBL 90.00 ( 130 ) ( 0 )    CZBIL 201.00 ( 10958 ) ( -1 )    DBBL 121.00 ( 10454 ) ( -3 )    DDBL 572.00 ( 691 ) ( -3 )    DHPL 87.00 ( 30 ) ( -1 )    EBL 510.00 ( 8267 ) ( 3 )    EDBL 275.00 ( 570 ) ( -10 )    EIC 802.00 ( 130 ) ( 17 )    FMDBL 358.00 ( 1210 ) ( -2 )    FOWAD 1,517.00 ( 317 ) ( -9 )    GBBL 182.00 ( 5201 ) ( 2 )    GBIME 258.00 ( 9983 ) ( -2 )    GBLBS 437.00 ( 3308 ) ( -5 )    GDBL 177.00 ( 3984 ) ( 0 )    GFCL 111.00 ( 1350 ) ( 0 )    GHL 241.00 ( 30 ) ( -12 )    GILB 1,070.00 ( 105 ) ( 0 )    GIMES1 7.40 ( 6000 ) ( 0 )    GLICL 680.00 ( 2414 ) ( -10 )    GRDBL 102.00 ( 545 ) ( 0 )    GUFL 104.00 ( 2688 ) ( 1 )    HATH 107.00 ( 80 ) ( -2 )    HBL 425.00 ( 3796 ) ( -7 )    HDL 1,306.00 ( 10 ) ( -15 )    HGI 372.00 ( 1397 ) ( -6 )    HIDCL 130.00 ( 5610 ) ( -3 )    HPPL 170.00 ( 1160 ) ( 0 )    ICFC 145.00 ( 3594 ) ( -1 )    IGI 393.00 ( 500 ) ( -7 )    JBBL 134.00 ( 4395 ) ( 0 )    JBNL 164.00 ( 25899 ) ( 1 )    JBNLPO 100.00 ( 20000 ) ( -1 )    JEFL 129.00 ( 250 ) ( -4 )    JFL 160.00 ( 1244 ) ( -2 )    JOSHI 168.00 ( 10 ) ( -8 )    JSLBB 2,374.00 ( 442 ) ( 51 )    KADBL 141.00 ( 50 ) ( -2 )    KBBL 206.00 ( 622 ) ( -1 )    KBL 229.00 ( 9533 ) ( -2 )    KKHC 72.00 ( 304 ) ( -1 )    KMCDB 825.00 ( 160 ) ( -15 )    KMFL 865.00 ( 95 ) ( -15 )    KNBL 116.00 ( 575 ) ( 2 )    KPCL 90.00 ( 930 ) ( 0 )    KRBL 91.00 ( 884 ) ( 1 )    KSBBL 132.00 ( 1449 ) ( 0 )    LBBL 171.00 ( 6493 ) ( 2 )    LBL 184.00 ( 8627 ) ( -2 )    LEMF 7.01 ( 500 ) ( -0.14 )    LGIL 500.00 ( 3282 ) ( -2 )    LICN 1,604.00 ( 3295 ) ( 0 )    LLBS 753.00 ( 70 ) ( 0 )    MBL 209.00 ( 6339 ) ( 3 )    MDB 226.00 ( 1140 ) ( -6 )    MEGA 157.00 ( 19502 ) ( -1 )    MERO 579.00 ( 964 ) ( -8 )    MFIL 111.00 ( 4963 ) ( 0 )    MIDBL 144.00 ( 1038 ) ( 1 )    MLBBL 609.00 ( 27 ) ( 10 )    MLBL 156.00 ( 1732 ) ( -1 )    MMFDB 908.00 ( 30 ) ( -8 )    MNBBL 338.00 ( 6316 ) ( 2 )    MSLB 1,327.00 ( 45 ) ( -25 )    MSMBS 526.00 ( 583 ) ( -9 )    NABIL 682.00 ( 8715 ) ( -5 )    NABILP 648.00 ( 3681 ) ( 0 )    NADEP 666.00 ( 404 ) ( -19 )    NBB 184.00 ( 13048 ) ( 0 )    NBBL 631.00 ( 501 ) ( 2 )    NBL 283.00 ( 37310 ) ( -2 )    NCCB 205.00 ( 14947 ) ( 0 )    NCCBPO 130.00 ( 3202 ) ( 0 )    NCDB 116.00 ( 608 ) ( 1 )    NEF 7.76 ( 21963 ) ( -0.14 )    NGPL 120.00 ( 77 ) ( 2 )    NHDL 122.00 ( 140 ) ( 0 )    NHPC 62.00 ( 3120 ) ( 1 )    NIB 500.00 ( 7928 ) ( -3 )    NIBLPF 7.40 ( 4168 ) ( 0.1 )    NIBPO 468.00 ( 6500 ) ( 4 )    NICA 378.00 ( 13490 ) ( 0 )    NICGF 8.77 ( 950 ) ( 0.17 )    NICL 365.00 ( 3100 ) ( -9 )    NIL 508.00 ( 4112 ) ( -5 )    NLG 781.00 ( 954 ) ( -14 )    NLIC 1,050.00 ( 25277 ) ( 35 )    NLICL 615.00 ( 3578 ) ( -10 )    NMB 307.00 ( 31553 ) ( 4 )    NMBHF1 8.69 ( 21167 ) ( -0.16 )    NMBMF 1,008.00 ( 270 ) ( -8 )    NMBSF1 9.81 ( 21400 ) ( -0.09 )    NMFBS 1,600.00 ( 252 ) ( 0 )    NNLB 464.00 ( 411 ) ( 0 )    NSEWA 530.00 ( 170 ) ( -20 )    NTC 685.00 ( 926 ) ( 1 )    NUBL 701.00 ( 326 ) ( 8 )    OHL 415.00 ( 961 ) ( -3 )    PCBL 305.00 ( 15552 ) ( -1 )    PFL 129.00 ( 195 ) ( 2 )    PIC 1,003.00 ( 1134 ) ( 9 )    PICL 678.00 ( 20 ) ( 13 )    PLIC 431.00 ( 7685 ) ( -6 )    PMHPL 108.00 ( 1150 ) ( 1 )    PRIN 403.00 ( 3306 ) ( -5 )    PRVU 211.00 ( 46915 ) ( -3 )    PURBL 160.00 ( 904 ) ( 0 )    RADHI 157.00 ( 253 ) ( -1 )    RBCL 9,030.00 ( 30 ) ( -70 )    RBCLPO 8,507.00 ( 140 ) ( -48 )    RHPC 85.00 ( 1114 ) ( 0 )    RLFL 111.00 ( 4457 ) ( -1 )    RMDC 519.00 ( 712 ) ( -2 )    RRHP 89.00 ( 100 ) ( 0 )    RSDC 370.00 ( 923 ) ( 2 )    SADBL 135.00 ( 1092 ) ( 0 )    SAEF 8.70 ( 2510 ) ( 0 )    SANIMA 291.00 ( 13764 ) ( 0 )    SBBLJ 180.00 ( 5220 ) ( -8 )    SBI 370.00 ( 4208 ) ( -5 )    SBL 274.00 ( 10147 ) ( -3 )    SCB 525.00 ( 5559 ) ( -5 )    SDESI 583.00 ( 725 ) ( -12 )    SEF 9.30 ( 20900 ) ( 0.17 )    SEOS 9.50 ( 7000 ) ( -0.18 )    SFFIL 207.00 ( 25 ) ( 0 )    SHINE 239.00 ( 1205 ) ( -4 )    SHL 201.00 ( 4055 ) ( 1 )    SHPC 221.00 ( 3290 ) ( 6 )    SIC 1,257.00 ( 250 ) ( -22 )    SICL 865.00 ( 3260 ) ( 4 )    SIFC 134.00 ( 779 ) ( 2 )    SIL 598.00 ( 1917 ) ( 7 )    SINDU 126.00 ( 1648 ) ( -12 )    SKBBL 825.00 ( 2830 ) ( -8 )    SLBBL 488.00 ( 697 ) ( -12 )    SLBS 901.00 ( 30 ) ( -21 )    SLBSL 771.00 ( 520 ) ( -4 )    SLICL 513.00 ( 1360 ) ( 0 )    SMATA 1,305.00 ( 1403 ) ( -11 )    SMB 590.00 ( 0 ) ( 0 )    SMFDB 637.00 ( 40 ) ( -13 )    SPDL 87.00 ( 1293 ) ( -1 )    SRBL 206.00 ( 9145 ) ( 0 )    SWBBL 775.00 ( 444 ) ( -5 )    TNBL 157.00 ( 205 ) ( 1 )    TRH 243.00 ( 450 ) ( 2 )    UIC 766.00 ( 2445 ) ( 4 )    UMB 1,230.00 ( 10 ) ( -10 )    UMHL 106.00 ( 816 ) ( -2 )    UNL 19,110.00 ( 10 ) ( -390 )    UPPER 222.00 ( 40964 ) ( -2 )    VLBS 668.00 ( 149 ) ( -1 )    WOMI 1,096.00 ( 185 ) ( -22 )   

परम्परागत ‘धान नाच’, पर्यटन प्रवद्र्धनको आधार

 अर्थबुलेटिन संवाददाता   २७ फागुन, २०७६



ताप्लेजुङ  ।  देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती र समुदायको पहिचानसँग जोडिएका भाषा, कला र संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ ।

हाम्रो मुलुकको सन्दर्भमा पर्यटन प्रवद्र्धनमा मौलिक संस्कृतिको गतिलो योगदान छ । मुलुकका विभिन्न भूगोलमा बसोवास गर्ने जातजाती र समुदायको मौलिक संस्कार, संस्कृति फरक–फरक छन् । विभिन्न भाषा, कला, संस्कृतिले भरिपूर्ण लिम्बू समुदायमा पनि छुट्टै मौलिक संस्कृति रहेको पाइन्छ । लिम्बू समुदायको बाक्लो बसोवास रहेको पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा उनीहरुको समेत भाषा, वेषभूषा र कला संस्कृतिले योगदान पु¥याएको पाइन्छ ।

उनीहरुले आफ्नै भाषामा बोलेको सुन्दा, आफ्नै वेषभूषा पहिरिएर हिँडेको देख्दा अनि आफ्नै कला संस्कृतिमा रमाएको देख्दा जो कोहीलाई पनि आनन्द लाग्छ । विशेष गरी आफ्नो वेषभूषासहित आफ्नै भाषामा ‘पालाम’ गाउँदै एक आपसमा हात समाई नाचिने ‘धान नाच’ले सबैलाई आकर्षित गरेको पाइन्छ ।

धान नाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ । पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ ।

धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजबाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ । पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रुपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको किराँत समुदायका अगुवा विविहाङ वनेमले बताउनुभयो । 

पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ती गरी शुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ । पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो ।

धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् । तर, पछिल्लो समयमा धान नाच्ने शैली फेरिँदै गएकाले यसको ऐतिहासिक महत्व र पहिचान मेटिने खतरा बढ्दै गएको स्थानीयवासी बताउँछन् । जसरी पश्चिम नेपालमा देउडाको गीत र नाचको लोकप्रियता छ उसै गरी लिम्बू समुदायको बाक्लो बसोवास रहेको पूर्वी नेपालमा धान नाच र पालामको । धान नाच र पालामकोे शुरुवातबारे एउटा रोचक किंम्बदन्ती छ । 

धान नाचको किंम्बदन्ती 

स्थानीयवासी गजेन्द्र तुम्याहाङका अनुसार परापूर्वकालमा सबैतिर खाने कुराको अभाव (अनिकाल) सिर्जना भयो । अन्नपात उत्पादनका लागि बीउसम्म रहेन । कसरी अन्नपात उत्पादन गर्ने भनेर अनेकौ उपाय खोजियो । तर, कुनै अन्नपातको बीउ नै नभेटिएपछि केही सीप लागेन । अन्तिममा उडेर जताततै पुग्ने चरालाई बीउ खोज्न पठाउने निधो भयो र उक्त चराले बीउ खोजेर ल्याए उत्पादन भएको अन्न बराबर उपभोग गर्ने सहमति भयो । त्यसपछि उक्त चरा बीउ खोज्न निस्कियो । धेरै ठाउँ पुग्यो तर कतै पाएन । एकदिन अचानक त्यो चरा तागेरा निङ्वाभुमाङकोमा पुगेछ र तागेरा निङवाभुमाङले धानको बीउ दिएर पठाएछन् । 

उक्त बीउ लिएर चरा मानिस भएको ठाउँमा फर्कियो । चराले ल्याएको बीउबाट उनीहरुले धानखेती गरे । त्यसपछि धान पाक्यो र थन्क्याउने सिजन आयो । धान काटेर खलोमा जम्मा गरे । तर, चरालाई भने नदिने निधो गरे । खलोमा धान जम्मा गरिएपछि चरा उडेर आउन थाले । तिनै चरालाई छेक्न र धपाउन सबैले एक आपसमा हात समाई गोलाकार भएर खुट्टाले धान माड्दै छुई हा हा हा भन्न थाले । छुई हा हा हा भन्न थालेपछि चराहरु पर पर भाग्न थाले । यो क्रम हरेक वर्ष निरन्तर चल्यो र कालान्तरमा आएर धान नाचमा परिणत भयो । यसरी विकसित भएको परम्परागत धान नाचलाई संरक्षण गर्न लिम्बू समुदायले मात्रै नभइ सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल र प्रयास गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2020 - अर्थ बुलेटिन | Developed by Smart Innovation